एनसीए कलेज अफ म्यानेजमेन्टले नेपालमा एसीसीएका कोर्सका लागि छात्रवृत्ति दिने
२८ पुष २०७७, मंगलवार १३:५५
काठमाडौं । एन.सी.ए. कलेज अफ म्यानेजमेन्टले सन् २०२१ को जनवरी÷फेब्रुअरी आवेदन इन्टेक अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीलाई एसीसीएका कोर्सका लागि छात्रवृत्तिको अवसर प्रदान गर्ने भएको छ ।
एसीसीए संयुक्त अधिराज्य बेलायतको द एसोसिएशन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सीसम्बन्धी कोर्स हो । यो कोर्स संसारका १८० देशमा अध्ययन/अध्यापन गरिन्छ ।
एन.सी.ए.कलेज अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको सबैभन्दा पुरानो ए.सी.सी.ए. अध्यापन गराउने शैक्षिक संस्था हो । कलेजले १६ बर्ष देखि नेपाली विद्यार्थीहरुलाई थोरै लागतमा गुणस्तरीय ए.सी.सी.ए. कक्षा सञ्चालन गराउँदै आएको छ । रातोपाटीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया