शनिदेवधाममा आन्त्रिक पर्यटकको चहलपहल – Nagarikabhiyan : National News

शनिदेवधाममा आन्त्रिक पर्यटकको चहलपहल

राजविराज । चिसो मोसममा मानिसहरुलाई घुमने रहर धैरे हुने गरेका छन । राम्रो र मनोरम ठाउँको खोजी भएका समयमा सप्तरी जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित शनिदेव मंदिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा बिकसित भइरहेका छन ।

बिषेश गरि शनिवार यहाँ अधिकांश मानिसहरु शनिदेव धार्मिक पर्यटक क्षेत्रमा पुजाआज गर्न र रमाइलो गर्न आउनेको भिडभाड देखिएकोले चहलपहल बढेको हो ।

जिल्लाको रुपनी गाउँपालिका वडा नं ६ तेरहौतास्थित चुरे पहाडको जङगलमा अवस्थित शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा बिकसीत समेत भइरहको पाइएको छ ।

चुरेभावरको काखमा अवस्थित शनिधाममा आन्तरिक पर्यटकको संख्यामा निकै बृद्धि समेत भएको छ । अन्य दिनको तुलनामा प्रत्येक शनिबार धार्मिक पर्यटकहरुको बिहानै देखि घुइँचो निकै बाक्लो हुने गरेको छ ।

मनमोहक दृष्यले भरिपूर्ण पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारदेखि करिब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलमा अवस्थित उक्त शनिदेव धाममा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउने गरेका छन ।

कोरोना महामारीमा पर्यटकहरुको चहलपहलमा कमी देखिपनि सन् २०२१ सुरु हुनु अगावे देखि त्यहाँ आन्त्रिक पर्यटकको चहलपहल बढनथालिएको छ ।

रमणीय वातावरण तथा मनमोहक दृष्यले भरिपूर्ण यस स्थानमा चिसो मोसमको राम्रो हावा खान र आनन्द लिनका लागि समेत आन्त्रिक पर्यटकहरु आउने गरेको त्यहाँका स्थानियबासी अशोक यादवले बताउनुभयो ।

शनिवार सरकारी बिदा भएकाले सरकारी कर्मचारी,नेता, ब्यापारी ,बिद्यालयका शिक्षक,बिद्यार्थी तथा सर्वसाधारणहरु शनिधामस्थित शनिदेव मंदिरमा शनिवारका दिन पुजापाठ गर्न र घुमघामका लागि आन्त्रिक पर्यटकको भिडभाड लाग्ने गरेको राजविराजबाट प्रत्येक शनिवार शनिदेवको पुजा गर्न त्यहाँ जाने जिवछ दासले बताउनुभयो ।

मर्मत–सम्भार र संरक्षणको अभावले मन्दिरको अस्तित्व सङ्कटमा पर्न थालेपछि तीन वर्षअघि नै नेपाली सेनाको सहयोगमा जीर्णोद्वार गरिएकाले पर्यटकको सङ्ख्या बढ्न थालिएको हो ।

शनिधामको नामबाट परिचित यस मन्दिरमा आएर सात शनिबारसम्म पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । मन्दिरलाई अझै व्यवस्थित गर्न सकिए थप पर्यटक भित्राएर समग्र जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्नसक्ने मन्दिरका पुजारी भुपेन्द्र यादवले बताउनुभयो ।

शनी र बेलको सङ्गमका साथै पूर्ण प्राकृतिक स्थलमा दश वर्ष अगाडिदेखि त्यहाँ पूजापाठ हुँदै आएकाले त्यहाँ भक्तजनको वृद्धि हुन थालेको उहाँले जानकारी दिनुभयो ।

परिवार र सन्तानको सङ्कट निवारणका लागि भाकल गर्न र भाकल पूरा भएपछि पूजापाठ गर्न आउनेको भीड लाग्ने गरेको आन्त्रिक पर्यटकहरु बताउँछन ।

दैनिक हजारौँ भक्तजनको आवागमन हुन थाले पनि मन्दिरसम्म पुग्ने बाटोको समेत समस्या रहेको छ ।

पहाडको टाकुरामा रहेको मन्दिर तथा बाटोमा घेरबार गर्न नसकिएपनि प्राय यहाँ शनिबारका दिन मात्रै करीब चार÷पाँच हजार हराहारीमा आन्त्रिक पर्यटक पूजा गर्न ,घुमन तथ रामाइलो गर्न आउने गरेको छ ।

विसं २०५६ चैत महीनामा सपनामा शमीको रुख देखेर सो रुख खोजी गर्ने क्रममा मन्दिर फेला परेपछि शनि दशा लगेकालाई ग्रहशान्ति गर्न थालिएको पण्डित सत्यनारायण साहको भनाई छ ।

त्यसपछि शमीको रुखको जराले बेल, मिरचाइ, अमरा, फूल धाप, गजहर, साधानका रुखलाई चारैतिरबाट बेरिएकाले सातवृक्षको सङ्गम स्थानमा पूजा गर्नाले शनिदशाबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

उक्त मन्दिरमा श्रीकृष्णा दल गणका नेपाली सेनाको सहयोग तथा जनसहभागितामा १०८ शिवलिङ र कलात्मक मूर्तिले पनि भक्तजनको ध्यान केन्द्रित गर्ने गरेको स्थानीयवासी वृजमान तामाङले जानकारी दिनुभयो ।

कालो पत्थरको शनिदेवको मूल प्रतिमा समीको रुखको मुनी स्थापित रहेको छ । सो मूर्तिदेखि उत्तर टाँसिएको छेउमा शिवलिङ्गका साथै बसहाको मूर्तिहरु रहेको छ । चुरे पहाड भएर चारैतिरबाट बग्ने दुधैला र धारा खोलाबीचको टापुमा शनिधाम खोला, जङ्गल, चराचुरुङ्गी आवाजले पर्यटकलाई मोहनी लाग्ने गरेको छ ।

जङ्गलको हरियाली, चराचुरुङ्गीको बोलीका साथै अदभूत प्राकृतिक सुन्दरताले लोभिने पर्यटकलाई पटक–पटक आउन बाध्य बनाउँछन । एक पटक पूजाआजा गर्न आएका भक्तजनहरु पटक–पटक आइरहने गरेको छ ।

शनिदेवको पूजा बाहेक नयाँ वर्ष, तथा जाडोयाम एवं अन्य अवसरमा साथै सन् २०२१ सालको नर्व बर्षको समयमा पनि पिकनिक(वनभोज) मनाउनेको संख्या पनि उल्लेखनीय रहने गरेको पाइएको छ ।

मन्दिरमा पञ्चमुखी महादेव, रुखको फेदमा शनिको प्रतिमालगायत वरिपरि एक दर्जन मूर्ति छन् । मन्दिरको स्तरोन्नति र धार्मिक पर्यटनका रुपमा विकास गर्न उक्त गाउँपालिकाले गत आर्थिक वर्ष रु १० लाख विनियोजन गरेकामा ७ लाख लगानी गरेको थियो ।

शनिधामको उचित विकासका साथै श्रद्धालु भक्तजनको सुविधा र सुरक्षाका लागि वडाले चाँडै आवश्यक योजना ल्याउने तयारी गरेको शनिदेव मंदिर समितिले जनाएको छ ।

उक्त मन्दिरको स्तरोन्नतिका लागि प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७६ ÷०७७ को बजेटमा पक्की पर्खाल बनाउनका लागि रु २५ लाख रकम सहयोग गरेको रुपनी गाउँपालिकाले जनाएको छ ।

सो मन्दिर पुग्न एउटै नदी सात ठाउँमा घुमेर जानुपर्ने भएकाले तत्काल बाटोमा पुल निर्माण भएमा अझै पर्यटक तथा भक्तजन बढ्ने सक्ने मन्दिरका पुजारी यादवको भनाइ थियो ।

सप्तरीको राजविराज, सिरहा, जनकपुर, मोहत्तरी, पूर्वका इटहरी, धरान तथा विराटनगर सहितका ठाउँबाट यहाँ आन्त्रिक पर्यटक दर्शन गर्न एवं पूजा गर्न आउने गरेको रुपनी गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष गोविन्दसिंह थापामगरले बतानुभयो ।

यस्तै कोरोना माहमारीका कारण नेपाल–भारत सिमाना बन्द रहेपनि भारतको पूर्णिया, अररिया, मधुवनी, शहरसालगायत स्थानबाट समेत बाहिरय पर्यटक यहाँ दर्शनका लागि आउने गरेकाले स्थानीयबासीको भनाई छ ।

वर्षात र बाढीको समयमा त्यहाँको नदी पार गरेर शनिदेवधाम शनिदेव मन्दिर पुग्न कठिन हुनाले झोलुगे पुल वा कुनै पक्की पुलको अवश्यकता रहेको छ ।

सो स्थानमा छिटै पुल निर्माण गरेमा शनिदेव मंदिरमा दर्शन गर्न र घुमन तथा रमाइलो गर्न बिदेशी पर्यटकहरु समेत आउन सकिने वडा अध्यक्ष थापा मगरको कथन छ ।

कोरोना कहर अघि जस्तै अहिले जिल्लाका गाउँवस्ती, बजारबाट आउने भक्तजनहरुको ठूलो संख्यामा घुइँचो लाग्ने गरेको देखिएको छ । ––