लकडाउनको समयमा पनी घरबाटै सेवा दिदै छु : सञ्चालक झा
२० बैशाख २०७७, शनिबार २२:२५
काठमाडौं : नेपालमा सयौंको संख्यामा रहेको आईटी कम्पनीहरुको भिडमा एक फरक नाम बनाउन सफल भएको छ जर्नी फर टेक । काठमाडौंबाट सञ्चालित जर्नी फर टेक नेपालकै एक भरपर्दाे वेबसाईट निर्माता कम्पनीको लिष्टमा पर्न सफल भएको छ ।
दुई वर्ष पहिले सुरु भएको सो कम्पनीको हाल ५० भन्दा बढी सन्तुषट क्लाईनटहरु रहेका छनु । प्राय जसो समाचार पोर्टल बनाउदै आएका जर्नी फर टेक आईटी क्षेत्रमा एक फरक र विश्वसनिय नाम बनाउन सफल भएको कम्पनीका सञ्चालक सन्जिब कुमार झाले जानकारी दिए । सञ्चालक झाले सेवाग्राहीलाई दिइएको सेवा र प्रतिफलले आज एउटा फरक नाम गर्न सफल भएको बताए ।
जर्नी फरटेकले वेबसाईट होस्टिङ, वेबपेज डिजाईनिङ, अनलाईन एसएमएस, एसएमएस भोटिङ, अनलाईन रेडियो ब्रोडकास्टिङ , समाचार पोर्टल निर्माण , सफ्टवेयर निर्माण जस्ता सेवा प्रदान गर्दै आएको छ । साथै सफ्टवेयर र मोबाईल एप्स्हरु समेत उक्त काम्पनीले निर्माण गर्दै आएको सञ्चालक झाले बताए ।
सञ्चालक झा आफै एक आईटी प्रशिक्षक भएकोले समय समयमा आईटी क्षेत्रमा रुची भएकाहरुको लागी ठाउँ ठाउँमा प्रभावकारी रुपमा प्रशिक्षण समेत दिदै आएका छन् ।
कम लगानीमै सुरु गरिएको जर्नी फरटेक हाल प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १५ जना बढीलाई रोजगारी दिएको छ । झाले आफु संग भएको ज्ञानको आधारमा विश्वको कुनै कुनामा बसेर महिनाको ४ देखी ५ लाख कमाउन सक्ने क्षमता भएको भन्दै आफनो देशमा केही फरक गर्ने सोचले नेपालमै आइटी कम्पनी सुरु गरेको प्रतिक्रिया दिए । उनले सुरुवाती समयहरुमा केही कठिनाइ भए पनी हाल सबै सामान्य रहेको बताए ।
लकडाउनको बारे कुरा गर्दै उनले लकडाउनले आईटी क्ष्ोत्रमा खासै प्रभाव नपारेको प्रतिक्रिया दिए । संगै उनले आफ्ना क्लाईनटहरुलाई घरबाटै निरन्तर सेवा दिदै आएका छन् ।
आईटी गरेर प्राय विदेश जाने लर्काे लाग्ने बेलामा आफु नेपालमा बसेर कार्य गर्ने मौका पाउनु एउटा ठुलो सौभाग्य भएको सञ्चालक झाले जिकिर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया