अपरिचित समूह द्वारा पिकअपमा आगजनी
२७ मंसिर २०७७, शनिबार १४:१७
राजविराज । सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गोरगमामा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी भएको छ ।
स्थानिय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित ब्यक्तिहरुको एक समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी गर्दा भ्यानको अगाडीको भाग पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।
बिहान करिब १ बजेतिर घर अगाडि पारकिङ गरि राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पिडित मुखियाले बताउनुभयो ।सो आगलागीबाट झन्डै रु २४ लाख भन्दा बढिको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
आगजनी भएको पिकअपलाई स्थानियबासि ,प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पिकअपमा आगजनी गर्ने ब्यक्तिगत राजनितिक रिसिभिका कारण गरेको हुन सक्ने अनुमान गरिएको छ । तर घटनामा संगलनको खोजी र घटना बारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । सो घटना भएको ठाउँमा अहिले प्रहरी टोलि पुगेर अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक साहले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया