बाल बजेट बिश्लेषण तथा पैरवी सम्बन्धि गोष्टी सम्पन्न – Nagarikabhiyan : National News

बाल बजेट बिश्लेषण तथा पैरवी सम्बन्धि गोष्टी सम्पन्न

राजविराज । सप्तरीको राजविराजमा आज बाल बजेट बिश्लेषण तथा पैरवी सम्बन्धि गोष्टी सम्पन्न भएको छ ।

जिल्लाको राजविराज नगरपालिका सभाहलमा आज आयोजित बाल बजेट बिश्लेषण तथा पैरवी सम्बन्धि गोष्टीमा स्थानिय सरकार बालबालिकाको क्षेत्रमा बिनियोजन गरिएको कार्यक्रम,बजेट तथा खर्चको लेखाजोख सम्बन्धि चर्चा गरिएको छ ।

राजविराज नगरपालिकाका उपप्रमुख साधना झाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सरकारको बजेट निर्माण प्रकृया र बिश्लेसन बारेमा जानकारी,बालबालिकालाई स्थानिय सरकारद्धारा बिनियोजन गरिएका कार्यक्रम तथा बजेटको बारेमा जानकारी आदान प्रदान गर्ने लगायतका उदेश्य राखेर कार्यक्रम गरिएको सेभ द सप्तरीका सुपरभाइजर राजिव चौधरीले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको राजविराज नगरपालिकाका प्रमुख प्रंशासकिय अधिकृत मदन प्रसाद थापाको प्रमुख अतितिमा सम्पन्न भएको कार्यक्रममा बाल बजेट बिश्लेषण गर्न समिति समेत गठन गरिएको छ ।

राजविराज नगरपालिका लेखा अधिकृत उमाशंकर यादवको संयोजक्तवमा स्वास्थ्य संयोजक निरन्जन यादव,महिला तथा बालबालिका जेष्ठ नागरिकका अनिता चौधरी र सेभ द सप्तरीका फिल्ड अधिकृत ललिता मण्डल सदस्य रहेको छ ।

उक्त समितिले आर्थिक बर्ष २०७५ ÷०७६ देखि २०७७÷०७८ बिनियोजित आर्थिक बजेटको बालबालिकाको ४ वटै क्षेत्रको बारेमा जानकारी लिने छ ।

साथै बाल बजेट बिनियोजन तथा खर्चको लेखा जोखा गरि प्रतिवेदन तयार गर्ने फिल्ड अधिकृत ललिता मण्डलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा शिक्षा शाखाका अधिकृत भोगेन्द्र प्रसाद यादव, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अधिकृत ललिता मण्डल, सुपरभाइजर राजिव चौधरी र समुदायिक परिचालक रामु यादवको उपस्थित रहेको थियो ।