अष्ट्रेलियामा थप तीन महिना यात्रा गर्न प्रतिबन्ध
२४ मंसिर २०७७, बुधबार १७:१२
काठमाडौं । अष्ट्रेलिया सरकारले कोरोना महामारीका कारण लगाउँदै आएको प्रतिबन्ध थप तीन महिनासम्म लम्ब्याउने निर्णय गरेको छ ।
विश्वव्यापी कोरोना महामारीको संक्रमणबाट केहि हदसम्म सुरक्षित रहँदै आएको अष्ट्रेलियाले आफ्नो नागरिकलाई विदेश जान र विदेशी नागरिकहरुलाई स्वदेश फर्कन लगाउँदै आएको यात्रा प्रतिबन्ध आगामी मार्त १७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको हो ।
केन्द्रीय स्वास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधिलाई थप तीन महिनासम्म बढाउने निर्णय भएको जानकारी दिए ।
अस्ट्रेलिया सरकारद्वारा कोभिड रोकथाम र नियन्त्रणका लागि गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अक्सफोर्डको कोरोना खोप फाईजर चलनमा आए पनि अझै यसको चुनौती कायमै रहेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो ।
अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो ।
सरकारको पछिल्लो निर्णयबाट क्रुज यात्राका लागि तयार भएर बसेका कयैन पर्यटक यसबाट प्रभावित भएका छन् । वायो सेक्युरीटी इमरजेन्सी कानूनअन्तर्गत सरकारले यात्रा प्रतिबन्ध लम्ब्याएको हो ।
प्रतिवन्ध तीन महिना थपिएसँगै अब मार्च १७ अघि कुनै पनि अन्तर्राष्ट्रिय यात्री आउने या अष्ट्रेलियन नागरिकहरू कानूनले छुट दिएको बाहेक विदेश जाने कार्य रोकिने भएको छ । यो निर्णय भएसँगै १७ मार्च २०२१ अगाडि कुनै विदेशी यात्री अष्ट्रेलिया आउन पाउने छैनन् ।
यद्यपी विदेशमा रोकिएका अष्ट्रेलियन नागरिकलाई विभिन्न राज्यको कोटा अन्तर्गत स्वदेश ल्याइनेछ । तर, केही विद्यार्थीलाई पाईलट प्रोजेक्टअन्तर्गत आगमनको स्वीकृति दिइने भएको द नेपालटपमा लेखिएको छ । यसका लागि सरकारी निकायबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ ।
यो निर्णयले भिसा लागेर बसेका कयौं नेपाली विद्यार्थीलगायत अन्य भिसामा विदेशमा रहेका प्रत्यक्ष प्रभावित हुने भएका छन् ।
अष्ट्रेलियामा पछिल्लो दुई दिनदेखि कोरोना संक्रमितको हुनेको संख्या शून्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया