गढीको वडामा स्वास्थ्य केन्द्र – Nagarikabhiyan : National News

गढीको वडामा स्वास्थ्य केन्द्र

इनरुवा, मंसिर २३ गते । सुनसरीको गढी गाउँपालिकाको वडा नम्बर ५ सझैरझोरमा पहिलो पटक आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । सरकारको लक्ष्य प्रत्येक वडामा स्वास्थ्य संस्था रहेकाले त्यसको सार्थकताका लागि गढी गाउँपालिकाको वडा नम्बर ५ सझैरझोरमा पहिलो पटक आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो । साविकको गाविस कार्यालय भएको वडामा स्वास्थ्य संस्था भएपनि सतैरझोरामा नभएकाले पहिलो पटक आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष राजकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरी र वडा अध्यक्ष सुगना झागडले गाउँमा स्वास्थ्य सेवा सरल, सहज र सबैको पहुचका लाथि स्वास्थ्य संस्था उद्घाटन गरिएको बताउनुभयो ।