माहुरीको टोकाइबाट महिलाको मृत्यु – Nagarikabhiyan : National News

माहुरीको टोकाइबाट महिलाको मृत्यु

राजविराज । सप्तरीमा माहुरीको टोकाइबाट एक जना महिलाको उपचारको त्रममा आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहका अनुसार जिल्लाको रुपनी गाउँपालिका १ का स्थानीय राजेश कुमार यादवकी २४ बर्षिृया श्रीमती रमिला देवि यादवको माहुरीको टोकाइबाट मृत्यु भएको बताउनुभयो ।

मंगलबार साँझ घर नजिकैको खेतमा काम गर्न गएको बेला उनलाई माहुरीको टोकाइले टोकेको थियो ।

सो क्रममा माहुरीले टोक्दा सख्त घाइते भएकी रमिलाको तत्कालै रुपनी गाउँपालिका अन्र्तगत रायपुरस्थित युनिक अस्पतालमा उपचारको लागि भर्ना गरिएपनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबिच घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।