चिरौलीको मुहार फेर्दै , गापा अध्यक्ष यादवले कालोपत्रेको गरे शिलान्यास
१५ मंसिर २०७७, सोमबार १७:४०
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंहमा पहिलो पटक आज सोमबार शिलान्यास गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले आफ्नो गाउँबासीहरुलाई धुलो मुक्त बनाउने र बाटोको मुहार फेर्ने स्थानीय तहको चुनावको बेला दिएको वचन पुरा गर्दै आएको बताए ।
नरसिंहबासीका लागि पहिलो पटक सडक कालो पत्रेको शिलान्यास गाउँपालिका अध्यक्ष यादवले गरेपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् ।
आर्थिक बर्ष ०७७÷०७८ को गाउँ स्तरीय योजना अन्तर्गत चिरौली चौक देखी दक्षिण पिपल चौक हुँदै भागवत यादवको घर सम्मको बाटो कालोपत्रे र जनता चौक देखी दक्षिण वार्ड नं. ५ र ७ को सिमा वाटो कालोपत्रेको गर्नको लागि ४ करोड ७७ लाख ८१ हजार १ सय ४८ रुपैयाँ ४ पैसाको लागतमा बाटो निर्माण सुरु भएको छ ।
सो बाटो निर्माणको लागि सपना आरके जेभी सुनसरीलाई टेन्डर परेको याेजना शाखाका सहायक रामचन्द्र यादवले जानकारी दिए ।
गाउँपालिका भित्र अहिले सम्मकै लामो बाटो कालो पत्रे हुन लागेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।
गाउँपालिको गाउँ स्तरीय योजना अन्तर्गत वडा नं. ५,६ र ७ मा ४ किलो मिटर बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी बिक्की पौद्धार खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत मेहताको प्रशंसा समेत गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया