कोशीको विद्यालय मंसिर १४ गतेदेखी खुल्ने – Nagarikabhiyan : National News

कोशीको विद्यालय मंसिर १४ गतेदेखी खुल्ने

इनरुवा । सुनसरीको कोशी गायँपालिकाले गाउँपालिकाक्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन मंसिर १४ गते आईतबारदेखी शुरु गर्ने निर्णय गरेको छ ।

मंसिर ८ गतेको गाउँपालिकाको कार्यापालिका बैठकले गाउँपालिकाक्षेत्र भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा सरकारको मापदण्ड र निर्देशिका बमोजिम अध्ययन अध्यापन गर्ने गरी ९ महिनादेखी बन्द रहेको विद्यालय मंसिर १४ गतेदेखी खुलाउने गर्ने निर्णय गरेको हो । पालिकामा सोमबार भएको कार्यापालिका बैठकले लामो समयदेखी बन्द रहेका विद्यलायहरु खुलाउने र मापदण्ड अनुसारको पालना गर्दै कक्षा सञ्चालन गर्ने गरी निर्णय गरेको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।

कोशी गाउँपालिकामा कोभिड १९ का कारणले लामो समयदेखी बन्द रहेको र केन्द्रको निर्देशन अनुसार सोमबार गाउँ कार्यापालिकाको निर्णय अनुसार सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाई र आफ्नो अनुकलता हेरी विद्यालय व्यवस्थापन समिति वा शिक्षक स्टाफ्को निर्णय अनुसार सञ्चालन गर्न गाउँपालिकाक्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुलाई भनिएको प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले जनाकारी दिनुभयो । उता कार्यापालिकाको बैठक निर्णय आएसगैं सोमबार दिउसो बसेको पालिकाभरीका प्रधानाध्यापकहरुको बैठक बसेर आईतबारदेखी कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन गर्ने कक्षा सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा शिक्षा शाखा प्रमुख सोमराज ढकाल र ३२ विद्यालयका प्रधानाध्यापक सहितको बैठकले आइतबारदेखी विद्यालय सञ्चालन गर्ने सहमगी जनाएको छ । विद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलपछि आइतबारदेखि पढाइ सुरु गर्ने निर्णय गरेको हो ।

कोशीका अध्यक्ष ऐयुव अंसारीको अध्यक्षतामा बसेको प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको बैठकले समेत विद्यालय खोल्ने सम्बन्धमा विभिन्न विषयहरु माथि छलफल गरेर पठन पाठन सुचारु गर्ने निर्णय भएको हो । कोरोना भाइरस संक्रमणको महामारीले ८ महिना भन्दा लामो समयसम्म विद्यालयहरु बन्द रहेका छन् ।

कतिपय सामुदायिक विद्यालयहरु क्वारेन्टिन र आइसोलेसनका लागि समेत प्रयोग गरिएकोले ती विद्यालयहरुलाई समेत निःसंक्रमण गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन शुरु गर्ने निर्णय भएको अंसारीले बताउनुभयो ।