देवानगञ्जमा संविधान दिवसका अवसरमा कप्तानगञ्ज घटनाका शहीद परिवार तथा घाइतेहरू सम्मानित
३ आश्विन २०८३, शनिबार १३:२६
देवानगञ्ज । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को शुभ अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
गाउँ कार्यपालिकाको कार्यालय देवानगञ्ज सुनसरीको आयोजनामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव र प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले संयुक्त रूपमा साउन १० गतेको कप्तानगञ्ज घटनाका शहीद परिवारजन तथा घाइतेहरूलाई सम्मान पत्र कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन
साउन १० गते कप्तानगञ्जमा घटेको दुःखद घटनामा ज्यान गुमाउनुभएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूले दिएको योगदानको उच्च कदर गर्दै गाउँपालिकाले शहीद परिवार र घाइतेहरूलाई सधैं सम्मान र सहयोग गर्नेछ। स्थानीय सरकार शहीद परिवारको सुख-दुःखमा सधैं साथमा रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया