कप्तानगञ्ज बजार क्षेत्रमा युवाहरूको सक्रियतामा सरसफाई: घटना पश्चात् जनजीवन सामान्य बनाउने प्रयास – Nagarikabhiyan : National News

कप्तानगञ्ज बजार क्षेत्रमा युवाहरूको सक्रियतामा सरसफाई: घटना पश्चात् जनजीवन सामान्य बनाउने प्रयास

​देवानगञ्ज । गत साउन १० गते कप्तानगञ्ज बजार क्षेत्रमा भएको दुःखद घटना पश्चात् आज स्थानीय युवाहरूको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

​उक्त दिन भएको अप्रिय घटनामा गोली लागेर १० जना घाइते भएका थिए जस मध्ये ३ जनाको दुःखद निधन भएको थियो । मृतकहरूको सोही घटनास्थलमै दाहसंस्कार गरिएको थियो। घटनापछि केही समय अशान्त र प्रभावित बनेको बजार क्षेत्रलाई पुनः सामान्य स्थितिमा फर्काउन स्थानीय युवाहरू स्वतःस्फूर्त रूपमा जुटेका हुन्।
​
युवाहरूले बजार क्षेत्रको फोहर व्यवस्थापन गरी सरसफाई गरेका छन्। शोक र त्रासको वातावरणलाई चिर्दै समुदायमा सद्भाव, सरसफाई र सकारात्मक सन्देश प्रवाह गर्न युवाहरूको यो अग्रसरताले महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन्।