​कप्तानगञ्ज घट्नामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंमा निधन – Nagarikabhiyan : National News

​कप्तानगञ्ज घट्नामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंमा निधन

​देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज घट्नामा गोली लागेर गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ।
​घटनापछि गम्भीर घाइते भएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। तर, विराटनगरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) रेफर गरिएको थियो। शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
​
मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र शोकमा डूबको छ। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।