सीमावर्ती देवानगंज गाउँपालिकामा चोरीको घटनामा वृद्धि, सुरक्षा निकाय मौन – Nagarikabhiyan : National News

सीमावर्ती देवानगंज गाउँपालिकामा चोरीको घटनामा वृद्धि, सुरक्षा निकाय मौन

देवानगंज ।  सत्यम् सेवम सुरक्षणम् मुल नाराका साथ खटिएका सुरक्षाकर्मीको नजिकैबाट चोरी हुने क्रम बढेकाले सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका स्थानीयहरु राती जाग्राम बस्न बाध्य भएका छन् । एकपछि अर्को चोरीको घटना बढेकाले स्थानीयहरुमा त्रास बढेकाले राती जाग्राम बस्न बाध्य भएका हुन् ।

विद्यालय , स्वास्थ्य चौकीमा चोरीको घटना सेलाउन नपाउदै देवानगञ्ज वडा नं. ६ राजगञ्ज सिनुवारीमा रहेको एक सहकारीमा पनि चोरी भएको छ । देवानगञ्ज गाउँपालिकामा केही दिन यता लगातार चोरीको घटनमा वृद्धि भएको स्थानीयहरुले बताएका छन । देवानगञ्ज वडा नम्बर ६ मा रहेको राजगंज कृषि सहकारी संस्थाको मलखाद, मकै बिउ, गहँ, लगायत एक लाख साठी हजार रुपियाँ बारवरको कृषि सरसमान चोरी भएको स्थानीय शिवेन्द्र मेहताले जानकारी दिनुभयो ।

स्थानीय सरकारी तथा गैर सरकारी संस्थामा चोरीको घटनामा बृद्धि भएको भएपनि हालसम्म कोही कुनै चोर पक्राउ नगरेकाले स्थानीयहरु राती जाग्राम बस्न बाध्य भएका मेहताले बताउनुभयो । लगतार सरकारी निकायको र सहकारी समेतको संस्थागत स्थानमा सरसमान चोरी हुनथाले पछि स्थानीयहरु त्रसित बनेका छन् । देवानगंजका स्थानीय धिरज मेहताका अनुसार स्थानीय नियकामा चोरीका घटना बढनु र स्थानीय तह र प्रहरी प्रसाशन समेत मौन बस्नुले स्थानीयमा शंका उव्जाएको मेहताको भनाई छ । मेहताका अनुसार केही स्थानीय प्रतिनिधिहरुकै संरक्षणमा पनि चोरी हुने गरेको हो कि भन्ने भान हुन थालेको छ ।

सहकारीबाट ४ बोरा मकै १६० केजी, ११ बोरा युरिया, ५ कोरा डिएपी, ६ बोरा एसएसपि खाद,जैमबालटीन ४ समेत चोरी भएको छ । यता इलाका प्रहरी कार्यालय देवानगञ्जले चोरी भएको पुष्टि भएकोे प्रतिकृया दिएको छ ।