उप प्रमुख गौतम द्वारा बजार अनुगमनमा तिब्र – Nagarikabhiyan : National News

उप प्रमुख गौतम द्वारा बजार अनुगमनमा तिब्र

इनरुवा ।  इनरुवा नगरपालिकाकि उप प्रमुख जमुना गौतम द्वारा इनरुवा बजार क्षेत्रमा अनुगमनलाई तिब्र दिइएका छ्न। खासगरी खाद्यान्न सामग्रीमा लक्षित गरि र मिठाइ पसलहरुमा अनुगमन थालेको छ। इनरुवा नगरपालिकाकी उप प्रमुख जमुना गौतम पोख्रेलको नेतृत्वको टोलिले बजार क्षेत्रमा अनुगमनलाई तिब्रता दिएको हो ।

खासगरी आज इनरुवा बजार क्षेत्रमा हार्डवेर,किराना र मिठाइ पसलहरुमा अनुगमन गरिएको हो । इनरुवा नगर क्षेत्रमा कालोबजारी र महंगो मुल्य लिएर उपभोक्ता ठगिदै छ कि भनेर अनुगमन थालिएको उप प्रमुख जमुना गौतम पोख्रेलले बताएकी छिन। अनुगमनको दौरान इनरुवा बजारमा रहेका अधिकान्स हार्डवेयर पसलहरुमा म्याद नाघेको सामानहरु इनरुवा नगरपालिकाकाले नियन्त्रणमा लिएको छ र कम्पनीको मान्छेलाई बोलाएर ल्याइ जिम्मा दिने सर्तमा दुबै पक्ष बिच सहमति समेत गरेको उप प्रमुख गौतमले बताइन् र पछिल्लो समयमा पहिलेको तुलनामा बजार क्षेत्रमा उपभोक्ता र व्यवसायीहरुमा सचेतनाको स्तर बढेको पाइएको उहाँले बताइन ।

यद्यपि व्यवसाय दर्ता नै नगरी व्यवसाय गरेको, कर छली, होडिङ बोर्ड नराखिएकोहरुलाइ एक हप्ताको समय समेत होडिङ बोर्ड राख्ने दिइन र अन्य अखाद्य पदार्थहरु पनि राखि बिक्रि वितरण गरिएको, होटल तथा मिठाइ पसलहरुमा सरसफाईको अवस्थामा बढी ध्यान दिनु पर्नेमा सुझाव समेत दिएका हुन । इनरुवा नगरपालिकाकि उपप्रमुख जमुना गौतम पोख्रेलको नेतृत्वमा गरिएको वजार अनुगमनमा नगरपालिकाको कर्मचारी , उद्योग वाणिज्य संघकाका प्रतिनिधि,उपभोक्ता मञ्चका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी , उप प्रमुख पोख्रेलकी स्वकीय सचीव , नेपाल प्रहरी पत्रकार लगाएतको सहभागीता रहेको थियो । इनरुवा वजार क्षेत्रमा अनुगमण गरिएको छ ।