जसपा देवानगञ्जको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
५ कार्तिक २०८०, आईतवार १०:४०

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टी वडा कमिटिले दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको कार्यक्रमा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष हरिनन्दन मेहता वडा कमिटि अध्यक्ष महानन्द यादव, वडा कमिटि सचिव पंकज यादव, रामचन्द्र मेहता लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष हरिनन्दन मेहता भन्ने नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वले सम्पूर्ण वडा बासीको घरघरमा माता दुर्गाले सुख शन्ति प्रदान गरुन् भने शुभकामना व्यक्त गर्दछु भनेर शुभकामना व्यक्त् गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमले आपसी सदभाव समेत कायम गरेको वडा अध्यक्ष मेहताले बताउनु भयो ।
कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले खुशि किसान देवानगञ्जको पहिचान नारा दिएर शुरु गरेको किसान लक्षित विधुतिकरणको कार्यक्रमले सिगो पालिकाका किसानहरु नारा जस्तै खुशि हुनेमा आफु विश्वत रहेको बताउनु भयो । हाम्रो पालिकाको धेरै जसो किसानको सिचाइको समस्या रहेको र विधुतिकरण भए पछि सो समस्या हटेर जाने ुबताउनु भयो । गाउँपालिका अध्यक्ष मेहताले शुभकामना दिदैँ भने देवानगञ्ज गाउँपालिका हाम्रा सम्पूर्ण जतनाहरुको घरघरमा माता दुर्गा, भगवतीले सुख, शान्ति, समृद्धी कायम गरोस भन्ने माता जगदम्बा संग कामना गर्दछु । स्थानियहरुको कुनै समस्या भए आफु संग नभए वडा अध्यक्षको मार्फत हामी संग आयो भन्ने हामीले तत्काल सो समस्या समाधान गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रम वडा नम्बर ६ का सभापति महानन्द यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया