देवानगञ्ज गाउँपालिकाकाे अधिकांस पसलहरूमा म्याद गुजरेकाे सामान विक्री वितरण ! – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकाकाे अधिकांस पसलहरूमा म्याद गुजरेकाे सामान विक्री वितरण !

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा रहेकाे नयाँ हटियाकाे किराना पसलहरूमा म्याद गुजरेकाे सामानहरू विक्रि वितरण भइ रहेकाे पाइएकाे छ ।

देवानगञ्ज गाउँपालिकाले हिजाे (साेमवार ) देखि सुरू गरेकाे बजार अनुगमका क्रममा आज (मंगलवार) तीन नम्बर वडाकाे नयाँ हटिया पुग्दा साे बजारकाे अधिकांश किराना पसलहरू म्याद गुजरेकाे र खान अयाेग्य सामान विक्रि गर्न राखिएकाे अवस्थामा अनुगमन टाेलिले जफत गरि नष्ट गरेकाे छ ।

गाउँपालिकाले अनुगमन लाई निरन्तरता दिदै आएकाे छ । अनुगम टाेलि बजार पुग्दा केही पसलहरू बन्द भगेकाे थियाे ।

देवानगञ्ज गाउँपालिकामा यस्ताे अनुगमन पहिलाे पटक भएकाे स्थानिय
सिताराम मेहताले बताउनु भयाे ।

प्रमुख प्रशासकीय अधिकृत रामराज पाैडेकाे नेतृत्वमा अनुमन लाई निरन्तरता दिएकाे छ ।