देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिका भित्र रहेको विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण

देवानगञ्ज । प्रविधिमैत्री शिक्षामा जोड दिने उदेश्यले देवानगञ्ज गाउँपालिका भित्र रहेको अधारभुत विद्यालयहरुलाई ल्यापटप हस्तान्तरण गरेको छ । गाउँपालिकाका १६ वटा अधारभुत विद्यालय र एउटा माध्यमिक विद्यालय लाई ल्यापटप हस्तान्तरण गरेको छ ।

शैक्षिक सुधारका लागि देवानगञ्ज गाउँपालिकाले ल्यापटप हस्तान्तण गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले बताउनु भयो । मेहताका अनुसार अहिलेको यूग प्रविधि मैत्री रहेकोले अधारभुत विद्यालयहरुले पनि प्रशासनिक काम गर्न सजिलो होस भनेर ल्यापटप हस्तान्तरण गरेको जानकारी दिनु भयो ।

सोमवार देवानगञ्ज गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले ल्यापटप हस्तान्तरण गरको हो । गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरूपमा कामको थालनी गरिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनुभयो ।

गाउँपालिकाको शैक्षिक सुधारका लागि भौतिक संरचनाको विकाससँगै सबै विद्यालयमा पुस्तकालयको विकास गर्दै प्रविधिमूलक शिक्षणमा जोड दिइएको अध्यक्ष मेहताको भनाइ छ । विद्यालयमा स्थापना गरिने पुस्तकालयमा पाठ्यपुस्तकसँगै ज्ञानबर्द्धक अन्य पुस्तक सङ्ग्रह गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।