देवानगञ्ज गाउँपालिकामा बजार अनुगमन, कुनै पनि पसलमा मूल्य शुचि भेटिएन ! – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकामा बजार अनुगमन, कुनै पनि पसलमा मूल्य शुचि भेटिएन !

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिकाले बजार अनुगमन लाई तिव्रता दिएकाे छ । उपभोक्ता नठगियाेस भनेर बजार अनुगमन गरिएकाे छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम राज पाेडेलकाे नेतृत्वको टाेलिले साेमावार बजार अनुगमन गरेकाे छ । देवागञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता निदेर्शनमा बजार अनुगमन गरिएकाे छ ।

अनुमगमनका क्रममा कुनै पनि पसहलहरूमा मूल्य शुचि थिएन भन्ने केहि पसलहरूमा म्याद गुजरेकाे समान फेला पारि अनुगमन टाेलिले नष्ट गरेकाे थियाे ।

देवानगञ्ज बजार भित्र रहेकाे अधिकासं पसहलहरूले मापदण्ड पूरा नगरेकाे पाएकाे छ ।

यता देवानगञ्ज बजारकाे सानू चाैकमा रहेकाे शंकर खाद बिज भण्डारमा अनुगमन गर्दा सवै जसाे समानहरू राम्राे रहेकाे पाइएकाे छ ।

अनुगमन टोलीमा वडा नम्बर दुईका वडा अध्यक्ष जगनरायण मेहता, ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख महेश भटराई, प्रशासन अधिकृत मचिन्द्र थलङ लिम्वु, स्वास्थ्य शाखा प्रमुख राकेश कुमार मेहता, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रशासन कार्यालय हरिनगरका  सुब्बा रामप्रसाद निरौला, खाध्य गुणस्तरीय मन्च इनरुवाका अजय देव, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक साहयक श्रृजन जोसी लगायतकाे सहभागिता रहेकाे थियाे ।

बजार अनुगमन लाई अब नियमित रूपले अगाडि बढाउने तयारी रहेकाे प्रमुख प्रशासकीय अधिकृत रामराज पाैडेले जानकारी दिनु भयाे ।

गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार बजारहरू उपभोक्ता ठगिएको गुनासाे धेरै जसाे आएकाले बजार अनुगमन नियमित रूपमा गर्न निदेर्शन दिएकाे बताउनु भयाे । बाजार अनुगमन निरन्तर रूपले अगाडि बढने समेत बताउनु भयाे ।