देवानगञ्ज गाउँपालिकामा कुकुरहरुको बन्ध्याकरण शिविर सुरु
१७ आश्विन २०८०, बुधबार १७:३६
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा रेविज रोग रोक्थामको लागि सामुदायीक कुकुरहरुको बन्ध्याकरण सिविर आज (बुधवार) देखि सुरु भएको छ । चार दिन सम्म संचालन हुने शिविरमा एक साय पचास जना कुकुरहरुको बन्ध्याकरण गरिने छ ।
देवानगञ्ज गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आयोजनामा छाडा कुकुरबाट सर्ने जेविज रोग नियन्त्रणका लागि सिविर संचालन गरेको पशु सेवा विज्ञ केन्द्र सुनसरीका नि.प्रमुख कुमार सिंह खत्रिले बताउनु भयो ।
सुनसरी जिल्लाको गाउँपालिकाहरु मध्ये देवागनञ्ज गाउँपालिकामा यो कार्यक्रम पहिलो चोटी संचालन भएको र यसले गाइ बस्तुमा कुकुरको टोकाइबाट सर्ने रेविज रोग रोकथाम हुने गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयो
हिमालयन एनिमल रेस्क्यू ट्रष्टको प्राविधिक सहयोगमा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । ‘रेविज प्राणघातक रोग हो । यो लाग्यो भने उपचार छैन् । कुकुरको टोकाईबाट रेविज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ’ ट्रष्टका प्रवन्धक खगेश्वर शर्मा भटराइले भने, ‘दुर्घटना, कुकुरको टोकाईबाट जोगिदा सामाजिक फाईदा समेत हुन्छ ।’ शिविरको देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले उद्घाटन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया