अटो दुर्घटनामा दामोदर भण्डारीको ज्यान – Nagarikabhiyan : National News

अटो दुर्घटनामा दामोदर भण्डारीको ज्यान

दाङ –दाङको टरिगाउ एअरपोर्ट नजिकै माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहान रा १ ह ४४५९ को अटोलाई लु २ ख ५९१८ नम्बरको माइक्रोले एअरपोर्ट नजिकै स्टारबोर्डिङ चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।