बाँकेमा बम विस्फोटबाट पूर्व–पश्चिम राजमार्गमा क्षति – Nagarikabhiyan : National News

बाँकेमा बम विस्फोटबाट पूर्व–पश्चिम राजमार्गमा क्षति

बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ नयाँ गाउँनजिकै पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान बम विस्फोट हुँदा सडकमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विस्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ। विस्फोटले सडकमा भ्वाङ परेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए।