लिबियामा बाढीका कारण ३८ बढी विस्थापित पिउने पानीको अभाव
३० भाद्र २०८०, शनिबार १३:४१
भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना बिस्थापित भएका छन्।
बाढीले करिब ५ हजार घरमा क्षति पुर्याएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ। प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ।
बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने १० हजार मानिस बेपत्ता भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया