नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बन्धक बनायो – Nagarikabhiyan : National News

नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बन्धक बनायो

अफ्रिकी देश नाइजरको सैन्य सरकारले फ्रान्सेली राजदूतलाई बन्धक बनाएको छ। ‘कू ’गरेर नेतृत्व हत्याएको सैन्य सरकारले फ्रान्सका राजदूत सिल्भेन इट्टेसहित अन्य कुटनीतिज्ञलाई बन्धक बनाएको हो।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसको पुष्टि गरेका छन्। म्याँक्रोनले राजदूतसहितका अधिकारीलाई दूतावासमै बन्धक बनाइएको बताएका छन्। राजदूतसहित कुटनीतिक अधिकारी र समग्र नाइजर मिसन अहिले सैन्य सरकारले उपलब्ध गराउने जेलको खाना खाएर बसेको म्याँक्रोले बताएका छन्।

हालै नाइजरमा जननिर्वाचित राष्ट्रपति सहित सरकारका अन्य मन्त्रीहरूलाई जेल हालेर सैनिकले सत्ता नियन्त्रणमा लिएको थियो। यो कदमको फ्रान्सले विरोध गर्दै आएको थियो। फ्रान्सले अपदस्थ गरिएका राष्ट्रपति मोहम्मद बजोमको समर्थन गरेर कुको विरोध गरेपछि नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिँदै भिसा रद्द गरेको थियो।

यी घटनाक्रमपछि देश नछोडेका राजदूत इट्टेसहित अन्य कुटनीतिक अधिकारीलाई दूतावासमै बन्धक बनाइएको हो ।