नाडा अटो शोमा टाटाको टियागो ईभी सार्वजनिक – Nagarikabhiyan : National News

नाडा अटो शोमा टाटाको टियागो ईभी सार्वजनिक

काठमाण्डाै –टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको छ । कम्पनीले अटो शोमार्फत् टियागो ईभीका पाँच वटा भेरियन्ट नेपालमा भित्र्याएको हो ।

कम्पनीले ल्याएको टियागो दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा उपलब्ध रहेको छ । नेपाल आएका सबै भेरियन्टमा ५० किलोवाटभन्दा कम क्षमताका मोटर रहेका कम्पनीले जनाएको छ।

टियागोको एक्सई र एक्सटी दुई भेरियन्टमा १९ दशमलव २ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । त्यस्तै, अन्य तीन भेरियन्ट एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टमा ४९ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

कम्पनी सानो ब्याट्रीले सिंगल चार्जमा २५० र ठूलो ब्याट्रीले ३१५ किलोमिटर रेन्ज दिने दाबी गरेको छ । सबै भेरियन्टमा दुई किसिमको ड्राइभिङ मोड र लिक्वीड कुल्ड ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ । सबै भेरियन्टले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ दशमलव २ किलोवाट क्षमताको एसी चार्जर पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

सिप्रदीले टियागोमा रहेको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षको वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्षको दिएको छ ।