दैलेखमा चट्याङ लागेर एक को मत्यु १६ जना घाइते
२९ भाद्र २०८०, शुक्रबार ०९:३४
दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए ।
चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया