महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल थाइल्याण्डसँग पराजित – Nagarikabhiyan : National News

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट : नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।
मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपाल ४८ रनले पराजित भएको हो।

थाइल्याण्डले दिएको १०६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको हो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।
समूह चरणमा मलेसियालाई ५ रनले पराजित गरेको नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको थियो।