सरकारले १०० रोपनी जग्गा देओस् काठमाडौंमा श्रीलंकाको जस्तै रंगशाला बनाइदिन्छौँ (बालेन – Nagarikabhiyan : National News

सरकारले १०० रोपनी जग्गा देओस् काठमाडौंमा श्रीलंकाको जस्तै रंगशाला बनाइदिन्छौँ (बालेन

काठमाडौं :काठमाडौं महानगरका प्रमुख बालेन साहले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने प्रतिक्रिया दिएका छन्।
नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका साहले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेर सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्ने बताएका हुन्।

यस्तो मात्रै रंगशाला र केही ठूला खेल हुने हो भने खेल विकास हुन सक्छ’ श्रीलंकाको रंगशालाको उदाहरण दिँदै उनले भनेका छन्, ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ।
उनले नेपाल र भारतबीच खेल भएको रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै तर केही सुविधा मात्र बढी भएको टिप्पणी गरेका छन्। त्यतिको रंगशाला जग्गा बाहेक ८०(९० करोडमा नै बन्ने उनको अनुमान छ।

खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो उनले लेखेका छन् केही प्याराफिट र अलि बढि सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०(९० करोडमा नै बन्छ सायद।’