१६ वर्षमुनिको फुटबलमा नेपाल बङ्लादेशसँग पराजित – Nagarikabhiyan : National News

१६ वर्षमुनिको फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै – १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ ।

बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो । ४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए । तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।