भारतसँगको खेलमा आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका – Nagarikabhiyan : National News

भारतसँगको खेलमा आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका

काठमाण्डौ –एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा पहिले ब्याटिङ गर्दैछ ।
नेपालले आज टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफ शेखको स्थानमा भीम सार्कीलाई राखेको छ ।

भारतले पनि जसप्रित बुम्राहको ठाउँमा मोहम्मद शामीलाई मौका दिएको छ ।
श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यस्तो छ नेपालको प्लेइङ ११
आसिफ शेख विकेटकिपर कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।