भारत र पाकिस्तानबीचको खेल रद्ध – Nagarikabhiyan : National News

भारत र पाकिस्तानबीचको खेल रद्ध

काठमाडौं –एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको छ।
श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको हो। दुवै टोलीले १(१ अंक बाँडेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो। तर, पाकिस्तानले ब्याटिङ गर्न पाएन।
पाकिस्तान समूह ए बाट ३ अंकसहित सुपर फोरमा पुगेको छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो।
सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ।