निषेधाज्ञा हटेसँगै धरानमा खुशीको चहलपहल, – Nagarikabhiyan : National News

निषेधाज्ञा हटेसँगै धरानमा खुशीको चहलपहल,

काठमाडौं। सामाजिक र धार्मिक एकता विथोलिने सम्भावनाका कारण धरानमा लगाइएको निधेषाज्ञा सकिएको छ ।

गएराति १२ बजेदेखि निषेधाज्ञा सकिएको छ । बिहानैदेखि धरान बजार खुलेको छ । धरानका सडक र चोकमा पहिलेजस्तो चहलपहल नभएपनि अवस्था भने शान्त नै रहेको छ ।

हिजो शनिबार दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।