किन हुन्छ आरजु गएको कार्यक्रममा झैझगडा र तोडफोड, – Nagarikabhiyan : National News

किन हुन्छ आरजु गएको कार्यक्रममा झैझगडा र तोडफोड,

धनगढी । नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा।आरजु राणा देउवा प्रमुख अतिथि रहेको एक कार्यक्रममा लफडा भएको छ ।

सोमबार धनगढीको सोराइँ बैंकेट पार्टी प्यालेसमा भएको नेपाली कांग्रेसको क्षेत्र नम्बर ५ को क्षेत्रिय भेलामा नेविसंघको असन्तुष्ट पक्षले तोडफोड गर्नका साथै कार्यक्रम ब्यानर झिकिएको थियो ।

कांग्रेसका एक नेताकाअनुसार आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघको केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा गरेको थियो । लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने दियो लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएका थिए ।

विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेको थियो । क्षेत्रिय भेलामा आफ्नो पदीय मर्यादा बिर्सिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक मन्त्री प्रकाश देउवा,प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, धनगढीका पूर्व मेयर नृपबहादुर वड लगायत सहभागी थिए ।