गलकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो – Nagarikabhiyan : National News

गलकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो

बाग्लुङ -बाग्लुङको गलकोट नगरपालिका(३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका(३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो । परियारको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।