स्याहारसुसार पाउने बेला सुत्केरी बच्चासहित प्रहरीको हि’रासतमा – Nagarikabhiyan : National News

स्याहारसुसार पाउने बेला सुत्केरी बच्चासहित प्रहरीको हि’रासतमा

गुल्मी। सुत्केरी अवस्थामा घरमा आराम गर्ने, स्याहारसुसार पाउने बेला हो। सुत्केरीले आफ्नो र बच्चाको खुवै ख्याल गर्नुपर्ने बेला हो।
यो चिसो समय भएकाले अरु बेलाभन्दा अझै विचार गर्नुपर्ने हो। तर, धुर्कोट गाउँपालिका ७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल अहिले जिल्ला प्रहरी कार्यालयको हि’रासतमा छिन्।

उनीसंगै श्रीमान् ३३ वर्षीय मनिराम घिमिरेलाई प्रहरीले तीन दिन अघि बहु–बिबाह मुद्धामा बुटवलबाट गि’रफ्तार ग¥यो ।
हिरासत सुविधा सम्पन्न हुने कुरै भएन। चिसो ठाउँ र मौसम भएकाले घरमै बस्नेहरुलाई पनि अहिले समस्या छ।

दिउँसोमा रमिता भुसाल सामान्य कार्पेटमा जिल्ला प्रहरी कार्यालय गुल्मीको प्राङगणमा बस्छिन्। सुत्केरी भएदेखिको रगत अभैm बसेको छैन। हि’रासतमा खानपान सहित स्वास्थ्यमा समेत समस्या भएकाले बाहिर बस्ने व्यवस्था मिलाइदिने गरी समन्वय गरिदिन मिडियासँग आग्रह गरिन्।

हिरासतमा विभिन्न आरोपका व्यक्तिहरु आउने जाने क्रम भएकाले आमाछोरालाई चिसोसंगै कोरोना संक्रमणको ड’र उत्तिकै छ ।
दिउँसोमा बच्चासहित बाहिर बसेकी रमिताको दृश्यले प्रहरीमा पुग्ने जो कसैको मन बिचलित हुन्छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जेठी श्रीमतीले उजुरी दिएपछि बुटवलबाट गि’रफ्तार गरिएको बताए।

उनले चिसो र संक्रमणको ड’र भएपनि मु’द्धा अनुसार हि’रासतमै बस्नुपर्ने बताए। उनले कानुनको प्रक्रिया नै त्यस्तै भएकाले आफुहरु छिटोभन्दा छिटो अदालत पेश गर्ने योजनामा रहेको बताए।

पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जर्नादन घिमिरेले मुद्धा जटिल नभएकाले सुत्केरी र कोराना संक्रमणको जोखिमलाई प्रहरीले ख्याल नगरेरै गिरफ्तार गर्नुले मानवअधिकारको हनन भएको आरोप लगाए। उनले कानुनअनुसार कारबाही चलाउनुका साथै सुत्केरी र बच्चाको स्वास्थ्यमा पनि ग’म्भीर रुपले चासो दिनुपर्ने बताए।

घरपरिवारले सुत्केरीलाई कसैको जिम्मेवारीमा राखेर स्याहार–सुसार गर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरुले बजारमै पनि प्रहरीकै निगरानीमा पनि आफुहरुले छुट्टै हेरविचार गर्न पाए चिसो र सं’क्रमणबाट जोगाउन सकिने जेठाजु यमलाल घिमिरेले बताए।