विदेशी मुद्रासहित तीन जना चिनियाँ नागरिक पक्राउ
३० श्रावण २०८०, मंगलवार १७:५४
काठमाडौं :प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। विदेशी मुद्रासहित पक्राउ पर्नेमा चिनियाँ नागरिक चोङ छ्याङ, चाओ हुई, र तान चिङ रहेका छन्।
सुन तस्करी प्रकरणको आशंका गरिए राजस्व छली गरेको जस्तो देखिएकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्। विभागले भने उनीहरूलाई ल्याइनसकेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया