कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा लिम्बू नियुक्त
२६ श्रावण २०८०, शुक्रबार २०:५०
मोरङ –कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री लिम्बूले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया