बालिकालाई प्रलोभनमा पारी यौनधन्दामा लगाउने महिला पक्राउ – Nagarikabhiyan : National News

बालिकालाई प्रलोभनमा पारी यौनधन्दामा लगाउने महिला पक्राउ

पर्वत :होटलमा काम लगाउने भन्दै बालिकालाई फकाएर यौनधन्दामा लगाउने गरेको अभियोगमा पोखराको सृजनाचोकबाट एक महिला पक्राउ परेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार गोरखाको पालुङटार स्थायी घर भई हाल पोखरा महानगरपालिका–८ सृजना चोकमा खाजा घर सञ्चालन गर्दै आएकी ६० वर्षीया पार्वती काराखेती पक्राउ परेकी हुन्।

आफ्नो होटेलमा नाबालिका तथा किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाउने र उनीहरूलाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती महिलालाई नियन्त्रणमा लिएको हो।

कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।