एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै – Nagarikabhiyan : National News

एकीकृत समाजवादीको स्थायी कमिटी बस्दै

काठमाडौं :नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।

केन्द्रीय कार्यालय आलोकनगर तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा आज पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। हिजो १२ जना सदस्यले धारणा राखेको उपमहासचिव खतिवडाले बताए।

छलफलमा सदस्यहरुले सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे धारणा राखेका छन्। त्यस्तै महाधिवेशनबारे पनि बैठकमा छलफल भएको छ।

आज पनि करिब ३५ जना सदस्यले धारणा राख्न नाम टिपाएको उपमहासचिव खतिवडाले बताए। आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने उपमहासचिव खतिवडाले बताए।