सप्तरीमा एक युवकको शव भेटियो, अर्का एक घाइते – Nagarikabhiyan : National News

सप्तरीमा एक युवकको शव भेटियो, अर्का एक घाइते

सप्तरी – सप्तरीमा एक युवकको शव भेटिएको छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् ।
हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज शुक्रवार बिहान घर नजिकै हिलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरेशकुमार सिंहका अनुसार मण्डलको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । स्थानीयवासीले बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घाइते अवस्थामा भेटिएका अजय मण्डलको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।