एमाले संसदीय दलको बैठक, १०० किलो सुनबारे के भन्ला – Nagarikabhiyan : National News

एमाले संसदीय दलको बैठक, १०० किलो सुनबारे के भन्ला

काठमाडौं  :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनमा बसेको संसदीय बैठकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउने एमालेले बताएको छ।

एमालेका प्रमुख सचेतक पदम गिरीले आज बस्ने संसदीय दलको बैठकले सुन तस्करीको बारेमा धारणा तय गर्ने बताएका छन्। उनले भने, ‘पछिल्लो एक वर्षदेखि सुन तस्करी मौलाएको छ, सरकारका मन्त्रीको संलग्नाबिना यो कार्य हुनै सक्दैन यसमा हामीले संसदबाट चित्तबुझ्दो जवाफ माग्छौं।’

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले करिब एक क्यिन्टल सुन बरामद गरेको थियो। यस प्रकरणमा संलग्न भएको आरोपमा एक चिनिया र एक भारतीय सहित हालसम्म १६ जना प्रकाउ परिसकेका छन्।