इनरुवा नगरपालिकाको उपमेयरका श्रीमान योगेन्द्र मेहताको दादागिरी, अनुगमन टोली माथि अभद्र व्यवहार ! – Nagarikabhiyan : National News

इनरुवा नगरपालिकाको उपमेयरका श्रीमान योगेन्द्र मेहताको दादागिरी, अनुगमन टोली माथि अभद्र व्यवहार !

देवानगंज । इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।

जिल्ला अस्पताल सुनसरी परिसरमा रहेको इनरुवा(१ को नुरी मेडिकल, विराट डाईग्नोेष्टिकसहितको अनुगमन गरेर नेशनल मेडिकलमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई मेडिकल व्यवसायीहरूले अनुगमनमा रोक लगाएका छन् ।

अनुगमनका क्रममा कर तिरेको नतिरेको, दर्ताको कागजपत्र चेकजाँच गर्नेक्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न आएको टोलीलाई केहीबेर मेडिकल हलभित्रै घेरेका थिए । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुन्ने प्रयास पनि गरेका छन् ।

अनुगमन टोलीमा रहेका सदस्यहरूले योगेन्द्र मेहतालाई औषधि पसलको कर इनरुवा नगरपालिकालाई तिरेको छ, छैन भनेर प्रश्न गर्दा विवाद भएको स्थानीयको भनाइ छ ।

अनुगमन टोलीमा रहनुभएका जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेले इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका पती योगेन्द्र मेहतासँग विवाद भएको र सोहीक्रममा चर्काचर्की भएको बताउनुभयो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएकाबेला उपमेयरका पती योगेन्द्र महेताको नेतृत्वमा मेडिकल सञ्चालकहरूले अनुगमन टोलीलाई सटर झारेर अवरोध गरेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले वताए ।

यता इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका श्रीमान योगेन्द्र मेहताले संचालन गरेको नेशनल मेडिकलको पनि व्यवसाय दर्ता प्रमाण पत्र नरहेको भेटीएको छ । तर अनुगमनमा आएको टोलीलाई मेहताले दादागिरी शैलिमा अबरोध गरेका थिए । मेहताले अबरोध गर्न खोज्दा केही समय चरर्काचरकी समेत भएको थियो । मेहताले विना कारण अनुगमन टोलीलाई अभद्र व्यवहार गरेको भन्दै कार्वहीको लागि माग गरिएको छ ।