इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई भारत १ सय २८ रनले पराजित
८ श्रावण २०८०, सोमबार ०७:४४
काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ए टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ए १ सय २८ रनले पराजित भयो ।
जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।
अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।
पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले । शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया