फिदिममा अटो दुर्घटना एकको मृत्यु, चार घाइते
३ श्रावण २०८०, बुधबार १०:५७
पाँचथर :पाँचथर सदरमुकाम फिदिममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा चारजना घाइते भएका छन्।
फिदिम(६ शिवाबाट फिदिम बजार तर्फ जाँदै गरेको प्र(०१००१ स ८७०५ नम्बरको अटो शनिबारे नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए।
बाटोमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा फिदिम–६ की ५५ वर्षीय हरिमाया तुम्रोकको मृत्यु भएको थापाको भनाइ छ। दुर्घटनामा फिदिम–६ का सन्देश लिम्बु, अटो चालक सोहि ठाउँका दिपक लिम्बु तथा वसन्ती लिम्बु र फिदिम ७ का कुशल लिम्बु घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया