आजदेखि लागु हुने गरी  घट्यो यातायातको भाडा दर  – Nagarikabhiyan : National News

आजदेखि लागु हुने गरी  घट्यो यातायातको भाडा दर 

काठमाडौं। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भए लगतै सार्वजनिक यातायातको भाडा घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले पनि भाडा घटाएको हो ।
पेट्रोलमा प्रतिलिटर ६ र डिजेलमा ४ रुपैयाँ घटेको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले बताएका छन् । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको उनले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा दर समायोजनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।
उनले घटाएको भाडा दर आजदेखि नै लागु हुने गरी अनुगमन गर्न यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।