देवानगञ्ज गाउँपालिकाद्धारा पूर्ण रुपमा अपाङ्ग रहेको निरासा रौनियारलाई घर हस्तान्तरण – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकाद्धारा पूर्ण रुपमा अपाङ्ग रहेको निरासा रौनियारलाई घर हस्तान्तरण

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा रहेको पूर्ण रुपमा अपाङ्ग रहेको निरासा रौनियार लाई गाउँपालिकाले घर बनाए हस्तान्तरण गरेको छ । देवानगंज गाउँपालिका, करुण फाउन्डेसन र कोशि प्रदेश समाजिक विकास मन्त्रालायको आर्थिक सहयोगमा उक्त्त घर निमार्ण कार्य सम्पन्न गरी आज (आइतवार) एक कार्यक्रमको बिच हस्तान्तरण गरेको छ ।

कार्यक्रममा देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष जगनारायन मेहता, वडा नम्बर ४ का वडा अध्यक्ष सुशिल मेहता, वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, करुण फाउन्डेसनका कार्यक्रम प्रमुख लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले हाम्रो गाउँपालिका भरिमा अपाङ्ग भएर कसैले चिन्ता नलिन आग्रह गर्नु भयो गाउँपालिकाले गरिव, अपाङ्गहरुको लागि निरन्तर सहयोग गर्ने बताउनु भयो ।

पूर्ण रुपमा अपाङ्ग रहको निरसा रौनियाको घर परिवार कोही पनि अभिवाक नभएको बेला गाउँपालिकाले घर बनाएर हस्तान्तरण गर्दा आफनो खुशिको कुनै सिमा नरहेको बताइन ।