सिन्धुलीको कमलामाई खोलामा डुबेर आठ वर्षीय बालकको ज्यान गयो – Nagarikabhiyan : National News

सिन्धुलीको कमलामाई खोलामा डुबेर आठ वर्षीय बालकको ज्यान गयो

काठमाण्डाै –सिन्धुलीको दुधौली नगरपालिका(२ भलुवाहीमा कमलामाई खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
आज दिउँसो खोलामा डुबेर सुकदेव कुमरका आठ वर्षीय छोरा आयुष कुमरको ज्यान गएको हो ।

खोलामा डुबेका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगे पनि डाक्टरले मृत घोषित गरेका हुन् ।