घाँस काट्न गएको बेला भीरबाट खसेर एक किशोरीको ज्यान गयो
३० असार २०८०, शनिबार ११:५८
दैलेख –दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर शनिवार एक किशोरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकैको रानीबनमा घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया