हजुरबुबाको कुटाइबाट दुई वर्षीय नातिको ज्यान गयो, ८ वर्षीय नाति घाइते – Nagarikabhiyan : National News

हजुरबुबाको कुटाइबाट दुई वर्षीय नातिको ज्यान गयो, ८ वर्षीय नाति घाइते

बैतडी – बैतडीमा हजुरबुबाको कुटाइबाट नातिको ज्यान गएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको ज्यान गएको हो । हजुरबुबाकै कुटाइबाट अर्का आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान ज्यान गएको हो । यस्तै, रिजनको कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बिहीवार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुबा गणेशले दुवैजनालाई कुटपिट गरेका प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।