अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका बल्छी धुर्वे राजु मास्टर लगायत कलाकार रिहा
२८ असार २०८०, बिहीबार १३:२४
काठमाण्डाै –अनलाइन जुवा अर्थात् बेटिङ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् ।
काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु पौडेल राजु मास्टर भटभटे भनेर चिनिने बेगम नेपाली, म्याकुरी भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् ।
उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया